काठमाण्डौँ — परराष्ट्र मन्त्रालयले राजदूतको योग्यता र नियुक्ति प्रक्रियालाई व्यवस्थित गर्न निर्देशिका तयार पारेको छ ।
त्यसअनुसार अब राजदूत हुनका लागि कम्तीमा ‘मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण’ हुनुपर्नेछ भने उम्मेदवारको उमेर कम्तीमा ३५ वर्ष तोकिएको छ ।
निर्देशिकाअनुसार कालोसूचीमा परेका वा नैतिक पतन हुने काम गरेका राजदूतमा सिफारिस हुने छैनन् ।
उम्मेदवारमा ‘नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, द्विपक्षीय बहुपक्षीय कूटनीतिक आयामका साथै अंग्रेजीको राम्रो ज्ञान हुनुपर्नेछ ।
— कान्तिपुर
FACEBOOK COMMENTS