काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयमा स्पष्टीकरण बुझाएका छन् । बुधबार ऊर्जा मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधिएका कुलमानले बिहीबार आफ्नो स्पष्टीकरण बुझाएका हुन् ।
घिसिङले नेपाल-भारत विद्युत आदानप्रदान समिति (पावर एक्सचेन्ज कमिटी) को १६औँ बैठकमा १३२ केभीमार्फत आयात हुने विद्युतका लागि १ दशमलव ५ प्रतिशत र ३३ केभीमार्फत आयात हुने विद्युतका लागि १ दशमलव ६५ प्रतिशत महसुल बढाउन सहमति गरेको आरोप छ । सोसहित सोधिएका समग्र विषय उनले आफ्नो जवाफमा उल्लेख गरेका छन् ।
पाँच पेज लामो स्पष्टीकरणमा उनले मन्त्रालयले सोधेकाे स्पष्टीकरणको कानुनी आधारदेखि आफूलाई प्रश्न सोध्नुको कारणबारे उल्टै प्रतिप्रश्न गरेका छन् । कुलमानले बुझाएको जवाफमा आफू मन्त्रिपरिषद्को निर्णयबमोजिम नियुक्त भएकाले आफूलाई स्पष्टीकरण सोध्ने र हटाउने अधिकारसमेत मन्त्रिपरिषद्कै भएको भन्दै आफूलाई सेवाबाट हटाउने विषयमा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार मन्त्रालयलाई नभएको उल्लेख गरेका छन् ।
हेर्नुहाेस् कुलमानकाे स्पष्टीकरणकाे पूर्णपाठ-
FACEBOOK COMMENTS