काठमाडौं । सेयर बजार लगातार तेस्रो दिन पनि घटेको छ । आज नेप्से २५ दशमलव १६ अकंले घटेर २८२१ दशमलव १३ अकंले बिन्दुमा कायम भएको छ । आज ३०८ कम्पनीको २ करोड ३३ लाख ४३ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९७ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन व्यापार समूह बाहेक अन्य सबै उपसूचक राताम्य भएका छन् । आज बैकिङ समूहको १ दशमलव ०४ प्रतिशत, विकास बैंक समूहको १दशमलव ३१ प्रतिशत र फाइनान्स समूहको १ दशमलव ३१ प्रतिशतले सेयर मूल्य घटेको छ ।
आज ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको घटेको छ । आज समाज लघुवित्त र गार्डियन माइक्रोको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ९६ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
FACEBOOK COMMENTS