काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकप्रिय छु भन्ने लागे निर्वाचनमा प्रतिस्पर्धा गर्न चुनौती दिएका छन् । बिहीबार महोत्तरीमा भएको एक कार्यक्रममा बोल्दै ओलीले राजावादी गतिविधि बढिरहेका बेला पूर्वराजालाई चुनावी मैदानमा उत्रिन आह्वान गरेका हुन् ।
उनले हिमाल, पहाड, तराई जुनसुकै ठाउँबाट उठ्न सकिने भन्दै २०८४ को चुनावमा भाग लिन सुझाव दिए । ‘जनताले हटाएको राजतन्त्र फेरि कुर्सीमा राखेर राजा बन्दैन,संविधानअनुसार आउनुस्’ ओलीले भने ‘लोकप्रिय ठान्नुहुन्छ भने पार्टी खोल्नुस्,चुनाव लड्नुस्,जनताले जिताउँछन् भने देखाउनुस्’
FACEBOOK COMMENTS