५ असार, काठमाडौं । सरकारले कलंकी–थानकोट–नागढुंगा सुरुङ मार्ग आयोजनाको क्षेत्रभित्र पर्ने जग्गा अधिग्रहण गर्दा सरकारी गुठीका मोहीलाई ५० प्रतिशत क्षतिपूर्ति रकम दिने भएको छ ।
आयोजना क्षेत्रमा रहेको श्री ५ को वायु गुठीको जग्गा भोगचलन गरिरहेका मोहीहरुलाई तोकिएको मुआब्जाको आधा रकम मात्र क्षतिपूर्ति दिने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
जग्गाधनीहरुले मुआब्जा पाउने तर गुठीको जग्गा भोगचलन मात्र गरेकाले क्षतिपूर्तिस्वरुप मुआब्जाको ५० प्रतिशत रकम दिने निर्णय भएको उनले बताए । जग्गाधनी प्रमाण पूर्जा नभएका तर मालपोत÷नापी कार्यालयमा रहेको श्रेस्ता फिल्डबुकमा जनाउ रहेको आधारमा मोहीलाई क्षतिपूर्ति रकम दिने सरकारले निर्णय गरेको हो ।
FACEBOOK COMMENTS