काठमाडौँ । नेपाली बजारमा आज (मङ्गलबार) सुनचाँदीको मूल्य बढेको छ ।
अघिल्लो दिन (सोमबार) स्थिर रहेर प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा एक हजार एक सय रुपैयाँले बढेको हो । यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७५ हजार दुई सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढी हो ।
अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS