कञ्चरपूर । मुक्तिनाथ विकास बैंकले कञ्चरपूरमा अपाङ्गता संरक्षण नेपाल संस्थासँगको साझेदारीमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई बैशाखी वितरण गरेको छ।
देशभरका शारीरिक अपाङ्गता भएका व्यक्तिहरूले दैनिक कार्य गर्न असहजता भएको भन्दै बैशाखी र सेतो छडीको माग गर्दै उक्त संस्थामा निवेदन दिने गरेको पाइएको छ। सोही समन्वयमा बैंकले बैशाखी वितरण गरेको हो। यो सहयोगले उनीहरूको दैनिक जीवनमा राहत पुग्ने विश्वास बैंकले लिएको छ।
यसैबीच, बैंकले हालै ‘मुक्तिनाथ फाइदा’ एप सञ्चालनमा ल्याएको छ, जसले एकै मोबाइलमार्फत धेरै सुविधा लिन सकिने सुविधा प्रदान गर्छ। साथै, मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा गर्नेलगायतका सेवाहरू बैंकको शाखामा उपस्थित नभई घरबाटै गर्न सकिने व्यवस्था गरिएको छ।
FACEBOOK COMMENTS