काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहितका विपक्षी दलहरूले संसद अवरोध गर्ने भएका छन् । माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबामा आज (बुधबार) बिहान बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यकाल नसकिँदै अपमानजनक ढङ्गले बर्खास्त गरेको विरोधमा विपक्षी दलहरूले संसद् अवरोधको निर्णय गरेका हुन् ।
यस विषयमा प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी), माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, रास्वपा उपसभापति स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियारलगायत थिए ।
आज संसद्को दुवै सदनका बैठक बस्दै छन् ।
FACEBOOK COMMENTS