काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य अदालत गएका छन् ।
बर्खास्त कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पुनर्बहालीको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गराएकै दिन शाक्य पनि अदालत गएका हुन् ।
आफूले दर्ता गरेको पुरानो रिटमा चाँडो फैसलाको माग गर्दै शाक्यले सर्वोच्च अदालतमा रिट हालेका हुन् ।
शाक्यको यसअघिको कार्यकालमा सरकारले उनलाई पदबाट हटाएर कुलमान घिसिङलाई नियुक्त गरेपछि त्यसविरुद्ध उनले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।
तर, उनको अघिल्लो कार्यकालको अवधि नसकिउन्जेल चार वर्षसम्म उनको रिटमा सर्वोच्च अदालतले फैसला गरेको थिएन ।
यी पनि पढ्नुहाेस्
आफ्नो बर्खास्तीविरुद्ध सर्वोच्च गए कुलमान
कुलमानबारे प्रधानमन्त्रीको जवाफ– एउटा हटाइयो, अर्को नियुक्त गरियो, सक्कियो
FACEBOOK COMMENTS