काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कार्बन बिक्रीबापत प्राप्त भएको रकम गरिब र विपन्न वर्गका नागरिकको हितमा परिचालन गर्नुपर्ने बताएका हुन् ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आज आयोजना गरेको ‘ऊर्जा आयोजनामा कार्बन वित्त, लगानीका अवसर’ विषयक गोष्ठीमा उहाँले कार्बन बिक्रीबापतको रकम गरिब, आर्थिक अवस्था कमजोर भएका, पिछडिएका वर्गका नागरिकको हितमा परिचालन गर्नुपर्नेमा जोड दिए ।
‘कार्बन कोषमार्फत दूरदराजमा रहेका गरिब, विपन्न र पिछडिएका जनताका लागि सोलारसहित मिटर राखिदिएमा स्थानीयलाई आम्दानीको वातावरण निर्माण हुन्छ । यो कार्यले सरकारले राखेको विपन्न नागरिकलाई समृद्ध बनाउने लक्ष्यमा सहयोग पुग्नेछ’, उहाँले भन्नुभयो । कार्बन उत्सर्जन न्यूनीकरणमा साझा प्रयासको खाँचो रहेकामा जोड दिए ।
ऊर्जामन्त्री खड्काले सरकारका अङ्गले सरकार र मुलुकलाई सहयोग गरी जनहितमा काम गर्नुपर्ने बताउनुभयो । ‘प्रचारप्रसार गरेर होइन, काम गरेर स्थापित हुने काम गरौँ, अनुशासित भएर काम गर्नेलाई सरकारले सम्मान पनि गर्नेछ’, उनले भने
FACEBOOK COMMENTS