काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले आजदेखि देश सङ्क्रमणकालमा प्रवेश गरेको बताएको छ ।
समितिले शुक्रबार साँझ विज्ञप्ति जारी गरी राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन सुरू भएको जनाउ दिँदै आजदेखि देश सङ्क्रमणकालमा प्रवेश गरेको दाबी गरेको हो । मुलुक सङ्क्रमणकालमा प्रवेश गरेको र अब गणतन्त्र कागजमा मात्र सीमित रहेको दाबी विज्ञप्तिमार्फत गरिएको छ ।
‘आजदेखि देश सङ्क्रमणकालमा प्रवेश गरेको छ । गणतन्त्र कागजमा मात्र सीमित रहेको छ । यस अवस्थालाई ध्यानमा राखी पुरानो संसदीय व्यवस्थावादीहरूले नयाँ सहमतिको मार्ग प्रशस्त नगर्ने हो भने स्थिति भयावह हुने निश्चित छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तत्काल सर्वपक्षीय वार्ता र संवादमार्फत अघि बढ्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्थाहरू समेतलाई स्थितिको गम्भीर र विवेकपूर्ण पर्यवेक्षण गरिदिन समेत आह्वान गर्दछौँ ।’
समितिले आज घाइते आन्दोलनकारी प्रहरीहरूको तत्काल निःशुल्क उपचार गर्न तथा क्षति पुगेका व्यवसायीहरूका लागि क्षतिपूर्तिको तत्काल व्यवस्था गर्ने जिम्मेवारी पनि सरकारको रहेको हुँदा तत्काल सोको प्रबन्ध गर्न अनुरोध गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति–



यो पनि पढ्नुहोस्–

आन्दोलन परिचालन समितिले भन्यो– जनआन्दोलन जनताकै नियन्त्रणमा हुन्छ, नेताको होइन

आन्दोलन परिचालन समितिले भन्यो– जनआन्दोलन जनताकै नियन्त्रणमा हुन्छ, नेताको होइन
FACEBOOK COMMENTS