काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
हिजो तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँले कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको हो।
FACEBOOK COMMENTS