काठमाडौं । नेपाल बार एसोसिएशनको अध्यक्ष पदमा प्रा. डा. विजयप्रसाद मिश्र निर्वाचित हुने पक्का भएको छ । गणना हुन बाँकी मतभन्दा उनले लिएको मताग्रताको अन्तर धेरै भएपछि मिश्र अध्यक्ष निर्वाचित हुने निश्चित भएको हो ।
अध्यक्ष पदमा सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकवा (एमाले) काे गठबन्धनबाट मिश्र र नेकपा (माओवादी केन्द्र), रास्वपालगायत दलको गठबन्धनबाट रमनकुमार श्रेष्ठ उम्मेदवार छन् ।
निर्वाचन समिति स्रोतका अनुसार अब गन्न बाँकी पुनरावेदन अदालत पाटनको करिब १ हजार ५५८ र ललितपुर जिल्लाको ५६० गरी २ हजार ११८ मत छ । तर, मिश्र श्रेष्ठभन्दा २ हजार २८७ मत अन्तरले अगाडि छन् ।
नेपालका कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि चैत २० गते देशभर मतदान भएको थियो । मतगणना बार एसोसिएसनकै भवन भित्र भइरहेको छ ।
FACEBOOK COMMENTS