काठमाडौं । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलामा मारिएका एक जना नेपालीको पहिचान खुलेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणाले मृत्यु हुनेमा रूपन्देहीको बुटवलका सुदीप न्यौपाने रहेको जानकारी दिएकी छन् ।
साथै उनले हमलामा परी उनकी आमा घाइते भएको पनि बताएकी छन् ।
नेपालमा इन्जिनियरिङ अध्ययन गर्दै गरेका सुदीप बिदाको मौकामा आमासहित परिवारका केही सदस्य लिएर घुम्न गएका बेला आतङ्कवादी हमलामा परेको खुलेको छ ।
हिजो मङ्गलबार पर्यटकीयस्थल पहलगामको बैसारनमा आतङ्कवादीहरूले पर्यटकलाई लक्षित गरी गोली चलाउँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ ।
FACEBOOK COMMENTS