काठमाडौं । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी रकम ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध म्याद थप गरेर अनुसन्धान हुने भएको छ ।
शनिबार राति कपनबाट पक्राउ परेकी राईलाई म्याद थपका लागि आइतबार काठमाडौं जिल्ला अदालतले म्याद थप गरेर अनुसन्धान गर्ने भएको हो ।
यसअघि सहकारी ठगीको मुद्दा अदालत गइसकेकाले सांसद राईलाई पनि सोझै अदालत उपस्थित गराउने वा म्याद लिएर अनुसन्धान गर्ने भन्ने थियो । तर, उनको नामबिनै अघिल्लो पटक सहकारी ठगीको मुद्दा दायर भएकाले म्याद थप गरेर पुरक अभियोजन लगेर मुद्दा चलाइन प्रहरीको भनाई छ ।
राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा समेत कार्यरत थिइन् । पक्राउ पुर्जी जारी भएकी र प्रहरी अनुसन्धानको क्रममा समेत प्रत्यक्ष संलग्नता देखिएकी राईलाई भने उन्मुक्ति दिइएको थियो ।
राई समेतका ३९ जनाले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
FACEBOOK COMMENTS