काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर तिर्ने कम्पनी एनसेललाई नेपाल सरकारले विशेष सम्मान गरेको छ ।
यो सम्मान ८औं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रदान गरिएको हो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेलका मार्केटिङ, कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंहलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए। सरकारले सूचना प्रविधिको क्षेत्रमा उल्लेखनीय कर योगदान दिएको भन्दै एनसेललाई उच्च मुल्याङ्कन गर्दै सम्मान गरेको हो ।
एनसेलले आव. २०८०/८१ मा सूचना प्रविधिको क्षेत्रमा सबैभन्दा धेरै कर तिरेको थियो। स्थापना कालदेखि हालसम्म कम्पनीले ३४० अर्बभन्दा बढी विभिन्न शीर्षकमा सरकारलाई कर तथा शुल्क बुझाइसकेको छ, जसमध्ये गत आर्थिक वर्षमा मात्र रु २०/३० अर्ब तिरिएको हो ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने,‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा सरकारबाट प्राप्त यो सम्मानले हाम्रो योगदानको कदर भएको महसुस गराएको छ । हामी ‘हामी तपाईंकै लागि’ भन्ने मूल नाराका साथ डिजिटल नेपालको यात्रामा प्रतिबद्धतापूर्वक लागिपरेका छौं ।’
एनसेलले यसअघि पनि सर्वोत्कृष्ट करदाता, उत्कृष्ट आयकरदाता जस्ता सम्मान प्राप्त गरिसकेको छ। गत पुसमा ललितपुर महानगरपालिकाले पनि एनसेललाई उत्कृष्ट करदाता घोषणा गरेर सम्मानित गरेको थियो ।
साथै, एनसेलले एनसेल फाउन्डेसनमार्फत रु २ अर्बभन्दा बढीको सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस कार्यक्रममार्फत देशका सातै प्रदेशका समुदायहरूमा सेवा पुर्याउँदै १ करोड ३० लाखभन्दा बढी नेपाली नागरिकहरूलाई प्रत्यक्षरअप्रत्यक्ष लाभ पुर्याएको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS