नुवाकोट । नेपाल प्रज्ञा प्रतिष्ठानको ६८औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा बागमती प्रदेशस्तरीय तेस्रो प्रज्ञा नारी काव्य सङ्गोष्ठी नुवाकोटमा सम्पन्न भएको छ।
कार्यक्रम वैशाख २० र २१ गते नुवाकोट आदर्श बहुमुखी क्याम्पसको सेमिनार हलमा आयोजना गरिएको हो ।
यस दुईदिने कार्यक्रमले नारी सशक्तिकरण, भाषा-संस्कृति संरक्षण र नेपाली साहित्यमा नारीको योगदानमा पुर्याएको छ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले संस्थाले स्थानीय संस्कार र मौखिक इतिहासको खोजमा सक्रियता बढाउनुपर्ने बताए। उनले सबै विभागहरुलाई जनताको मौखिक परम्पराको दस्तावेजीकरणमा लाग्न निर्देशन समेत दिए।
कार्यक्रममा संविधानसभा सदस्य राज्यलक्ष्मी पाडे श्रेष्ठ, प्रज्ञा प्रतिष्ठानकी काव्य विभाग प्रमुख बाबा बस्नेत, सह-सचिव सन्ध्या पहाडी लगायत विशिष्ट वक्ताहरूले नारी काव्यको महत्त्वबारे बताईन्।
कार्यक्रममा १३ जिल्लाका ३० महिला कविहरूले महिला सशक्तिकरण, सामाजिक न्याय र आफ्ना जीवनअनुभूतिमा आधारित सिर्जना प्रस्तुत गरेका थिए। लिला लुइटेलले महिला कविको उपस्थिति विषयक कार्यपत्र प्रस्तुत गरेकी थिईन् भने त्यसमा डा। अनुपमा रेग्मी र प्रमिला परिले समालोचना गरेका थिए।
नुवाकोट साहित्य प्रतिष्ठान, देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान लगायतको सहकार्यमा सम्पन्न सो कार्यक्रमको सहजीकरण भगवती खनाल सुनाखरीले गरेका थिए। कार्यक्रममा साहित्य, समाजसेवा र पत्रकारिताका क्षेत्रका विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति थियाे।
यस काव्य सङ्गोष्ठीले प्रदेशस्तरमा महिला साहित्यकारबीच सिर्जनात्मक ऊर्जा प्रवाह गराएको र भविष्यमा यस्ता गतिविधिले नारी साहित्यलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ।
FACEBOOK COMMENTS