काठमाडौं । काठमाडौं महानगरपालिका–२४, मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी भएको हो ।
आगालागीमा परी मृत्यु भएकी महिलाको पहिचान खुलेको छैन ।
उनले भने, ‘ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेला परेको छ । सनाखत हुन बाँकी छ । आगो निभाउने प्रयास जारी छ ।’
आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घरमा पनि आगो सल्केको छ ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS