काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले जेठ २३ गतेका लागि साधारण सभा बोलाएको छ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ । त्यस्तै, उक्त सभाले २ जना सञ्चालन नियुक्त गर्नेछ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पेश रहेका छन् । कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ९ गते बुक क्लोज गर्ने भएको छ । जेठ ८ गतेसम्म कायम रहेका सेयरधनीले भाग लिन पाउनेछन् ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय, वीरेन्द्रनगर-६, सुर्खेतमा हुनेछ ।
FACEBOOK COMMENTS