काठमाडाैं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा आकर्षक प्रि-बजेट अफर ल्याएको छ ।
यही ५ देखि १४ जेठसम्म लागू यो अफर हुन्डाई कोना इलेक्ट्रिक, पुरस्कार विजेता आईओएनआईक्यू ५ र क्रेटा ईभीमा लागू गरिएको कम्पनीले जनाएको छ ।
विद्युतीय सवारीसाधनको पहुँचलाई बढाउन डिजाइन गरिएको यस योजनाअन्तर्गत नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आईओएनआईक्यू ५ र क्रेटा ईभी खरिद गर्ने ग्राहकहरूले प्रोत्साहनस्वरूप विभिन्न लाभ प्राप्त गर्ने बताइएको छ ।
प्रि(बजेट छुट योजनाका मुख्य विशेषताहरूमा निस्शुल्क बीमा रहेको छ, जसमा ग्राहकहरूले आफ्नो नयाँ हुन्डाई इभीका लागि निस्शुल्क बीमा कभरेज प्राप्त गर्नेछ । साथै, यस अफरमा ग्राहकहरूले सडक करसमेत निस्शुल्क पाउनेछन् । यसका साथै तीनवटै मोडेलहरूमा विशेष नगद छुट प्रदान गरिनेछ, जसले यी अत्याधुनिक विद्युतीय सवारीसाधनहरूलाई पहिलेभन्दा बढी किफायती बनाउनेछ ।
यो प्रि(बजेट योजना ग्राहकहरूलाई विशेष अफरसहितको सुविधा प्रदान गर्ने एकरएक सक्रिय पहल हो । ईभी गाडीका पारखीहरूका लागि प्रत्येक मोडेलमा विशेष अफरहरूका बारेमा थप जान्न र आफ्नो मनपर्ने हुन्डाई इलेक्ट्रिक गाडी बुक गर्न आफ्नो नजिकको हुन्डाई शोरूममा जान कम्पनीले आग्रह गरेको छ ।
लक्ष्मी हुन्डाईले रि-लाक्स चार्जिङ नेटवर्क विस्तार गरेर ईभी इकोसिस्टमलाई अझ बलियो बनाएको छ, जसमा हाल देशभरका विभिन्न स्थानहरूमा डीसी र एसी दुवै प्रकारका ६६ सक्रिय चार्जर स्टेसन सञ्चालनमा ल्याइसकेको छ । साथै विश्वसनीय सेवा, पार्टपुर्जा उपलब्धता र बिक्रीपछिको समर्थन पनि सुनिश्चित गरेको छ ।
FACEBOOK COMMENTS