काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले जेठ २६ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ ।
साधारण सभा प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गर्ने जनाएको छ ।
जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएका कारण जेठ १४ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पानेछन् ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव रहेको छ ।
यस्तै कम्पनीले सभामा सातौं वार्षिक साधारण सभाबाट पारित गरेको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव रद्द गर्ने भएको छ ।
कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी बोनस सेयरबाट पुरा गर्ने भएका कारण हकप्रद सेयर रद्द गर्न लागेको जनाएको छ ।
FACEBOOK COMMENTS