काठमाडौं । नेपालका लागि काइयी मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले ‘ग्रीन व्हील्स टू मार्बल हिल्स’ नाराका साथ वातावरणमैत्री ग्राहक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमअन्तर्गत काइयीका नवीनतम विद्युतीय मोडेलहरू काइयी X3 Pro, E-Qute 02, र E-Qute 04 को कार र्याली आयोजना गरिएको कम्पनीले जनाएको छ । उक्त र्यालीबाट कम्पनीको दिगो यातायातप्रति प्रतिबद्धता प्रस्तुत गरिएको पनि उल्लेख गरिएको छ ।
थापाथलीबाट सुरु भएको र्याली गोदावरीसम्म पुगेको थियो । जहाँ सहभागीहरूले मनोरम हाइक गर्दै मार्बल हिल्सको यात्रा गरे । यो यात्रा केवल गन्तव्यसम्मको ड्राइभ मात्र नभई हरियालीप्रति प्रतिबद्धता, प्रकृतिप्रेम र वातावरणीय उत्तरदायित्वको उत्सव भएको कम्पनीको भनाइ छ ।
शनिबार आयोजित सो कार्यक्रममा ८० भन्दा बढी उत्साही ग्राहक तथा उनीहरूका परिवारका सदस्यहरूले सहभागिता जनाएका थिए ।
कार्यक्रमको मुख्य आकर्षण वृक्षारोपण अभियान रह्यो, जसअन्तर्गत सहभागीहरूले सामूहिक रूपमा ७० भन्दा बढी विरुवा रोपिएको छ । यो कार्यबाट काइयीको हरित भविष्यप्रति प्रतिबद्धतालाई बलियो बनाएको छ । वृक्षारोपणले कार्बन फुटप्रिन्ट कम गर्ने र स्थानीय वातावरणीय प्रणालीमा सकारात्मक योगदान पुर्याउने लक्ष्य राखेको बताइएको छ ।
विद्युतीय यातायात र वातावरणीय पहललाई संयोजन गर्दै काइयीले यस्ता कार्यक्रमहरूद्वारा स्वच्छ र हरित भविष्यको प्रवद्र्धन गरिरहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हेरौँ केही तस्बिरहरू–
FACEBOOK COMMENTS