काठमाडौं । भारतको नम्बर एक टायल कम्पनी कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै ललितपुरको भैँसेपाटीमा अत्याधुनिक शोरूम सञ्चालनमा ल्याएको छ ।
क्लासिक मार्बल प्रालिद्वारा सञ्चालित शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको बताइएको छ ।
ललितपुरको महत्वपूर्ण क्षेत्र भैँसेपाटीको यो शोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्ने कम्पनीले बताएको छ । जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ ।
यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै लगेको छ ।
प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरूमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो ।
कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै तीन हजार भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गरेको छ ।
नेपालभर ४० भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ ।
FACEBOOK COMMENTS