काठमाडौं । काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले निलम्बनबारे आफ्नो कुनै धारणा नरहेको बताएका छन् ।
आफ्नो मूल्याङ्कन आफैँले गर्न ठीक नहुने भन्दै उनले यसबारे जनताले नै बुझ्ने बताए ।
पत्रकारसँगको कुराकानीमा उनले भनेका छन्, ‘मैलेभन्दा बढी तपाईंहरूले र जनताले नै बुझ्नुहुन्छ । केही धारणा छैन । निलम्बन गरियो सकियो । हुलहुज्जत गर्यो भनेर निलम्बन गरिएको भन्छन् । मेरो मूल्याङ्कन म आफैँले गर्नु ठीक हुँदैन ।’
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि आजै निलम्बन गरेका हुन् ।
यसअघि गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । पाण्डेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई निलम्बन गरिएको हो ।
FACEBOOK COMMENTS