काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक किरण पण्डितलाई बैंकको प्रवक्ता तोकेको छ ।
२०६२ सालमा बैंकको सेवामा प्रवेश गरेका पण्डितले बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तिीय संस्था नियमन विभाग, वित्तीय समावेशीता तथा ग्राहक संरक्षण महाशाखालगायतको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।
हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् । उनको नयाँ जिम्मेवारी आजैदेखि लागू भएको राष्ट्र बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS