काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले ६.६ मेगा मिड इयर सेलकोे घोषणा गरेको छ । मेगा मिड इयर सेलमा ८०% सम्मको बृहत छुट, निःशुल्क होम डेलिभरी सुविधा र १ करोड रुपैयाँ बराबरका भौचरहरूको व्यवस्था गरिएको छ । यो धमाकेदार सेल जेठ २३ गते देखि जेठ २७ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको छ ।
६.६ मेगा मिड इयर सेलमार्फत दराजले ग्राहकहरूका लागि विभिन्न ब्राण्डहरू मा फ्ल्याट ६६% सम्मको आकर्षक छुट पाउन सकिने व्यवस्था गरेको छ । जसअन्तर्गत प्लेटिनम ब्राण्ड पार्टनर सिताफिल, आईबीबी र एङ्करमार्फत ११% सम्म छुट, गोल्ड ब्राण्ड नाइकमा ५०% सम्मको छुट र सिल्भर ब्राण्डहरू र्होटो र न्यानो डायपर्समार्फत ४०% सम्मको छुटको व्यवस्था गरिएको छ ।
६.६ को विशेष आकर्षणका रूपमा फास्टेस्ट फिङ्गर फ्ल्याश सेल अभियान रहने जानकारी दिइएको छ । यसमार्फत ग्राहकहरूले मध्यरात, बिहान ८ बजे, ११ बजे, दिउँसो ३ बजे र राति ८ बजे ६ रुपैयाँमा उपलब्ध गरिने अत्यन्तै सीमित अफरहरूमा आफ्नो सहभागिता जनाएर लाभ लिन सक्नेछन् ।
दराजले यसपटकको सेललाई छुटहरूका लागि अवसरका रूपमा मात्र नभइ, शानदार उपहारहरू पनि प्रदान गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले दुई विशेष फिचरहरू एड टू कार्ट एण्ड विन र बाई एण्ड विनको व्यवस्था गरेको छ । यस उपहार योजनाअन्तर्गत ६ जना भाग्यमानी विजेताहरूको छनोट गरी तिनका लागि आकर्षक पुरस्कारहरू प्रदान गरिने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।
एड टू कार्ट एण्ड विनअन्तर्गत १० हजार रुपैयाँभन्दा बढी मूल्यका सामग्रीहरू आफ्नो कार्टमा राख्ने ग्राहकहरूमध्ये ५ जना भाग्यशाली विजेताहरूको छनोट गरिनेछ । छनोटमा परेका भाग्यशाली विजेतालाई ९ हजार रुपैयाँसम्मका उपहारहरू प्रदान गरिनेछ । त्यसैगरी, बाई एण्ड विनअन्तर्गत कम्तीमा ५ हजार रुपैयाँ सामग्री खरिद गर्ने ग्राहकहरूमध्ये १ जना भाग्यमानी विजेतालाई ५२ हजार ५०० रुपैयाँ बराबरको ग्लेन होम अप्लायन्सेस बन्डल प्रदान गरिने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।
६.६ सेलमार्फत उपभोक्ताहरूले अझ बढी बचत गर्न सकून् भन्ने सोचका साथ कम्पनीले आफ्ना उपभोक्ताहरूलाई बेस्ट प्राइस ट्याग भएका उत्पादनहरू खोज्न नबिर्सन अनुरोध पनि गरेको छ । यसरी बेस्ट प्राइस ट्याग भएका उत्पादनहरू कुनै उपभोक्ताले नेपालकै अरू कुनै अनलाइन प्लेटफर्ममा सस्तो मूल्यमा फेला पारेमा र निर्धारित योग्यताको मापदण्ड पूरा गरेमा ती उपभोक्ताले दराजका तर्फबाट मूल्य अन्तरको दोब्बार रकम फिर्ता पाउन सक्नेछन् ।
यसका साथै, दराजले अनलाइन किनमेल अनुभवलाई अझ विश्वासिलो र झन्झटमुक्त बनाउने सोचका साथ सजिलो र पारदर्शी १४ दिनको रिटर्न तथा रिफण्ड प्रक्रिया पनि उपलब्ध गराउँदै आइरहेको छ ।
१४ दिनको रिटर्न तथा रिफण्ड पोलिसीको लाभ उठाउनका लागि उपभोक्ताले आफ्नो दराज एकाउन्टमा लग इन गर्नुपर्ने हुन्छ । त्यसपश्चात् रिटर्न/रिफण्ड बटन थिचेर रिटर्न प्रक्रिया सुरू गर्नुपर्दछ, फिर्ताको कारण उल्लेख गरी रिटर्न शिपमेन्ट टाइप चयन गर्नुपर्ने हुन्छ । लगत्तै इच्छाइएको रिटर्न विकल्प चयन गरी रिटर्न तथा रिफण्डको अनुरोध गर्न सकिनेछ । यस प्रक्रियालाई सजिलो बनाउन दराजले इन्स्ट्रक्शनल भिडिओ पनि तयार पारी हेर्न र जानकारी लिनका लागि उपलब्ध गरेको छ ।
दराज ग्रुपका बारेमा
सन् २०१५ मा स्थापित दराज दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । ई–कमर्स, ढुवानी, भुक्तानी र वित्तीय सेवा समेट्ने पूर्वाधार तयार गरी दराजले ५० करोडभन्दा बढी जनसङ्ख्या भएको क्षेत्रमा उच्च प्रविधियुक्त किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।
FACEBOOK COMMENTS