काठमाडौं । भारतमा कोरोना सङ्क्रमण बढिरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हाल कोरोना सङ्क्रमणको सक्रिय केसहरूको सङ्ख्या ६ हजार नाघेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा छ जना कोरोना सङ्क्रमितको पनि मृत्यु भएको छ । केरला अझै पनि सबैभन्दा बढी प्रभावित राज्य बनेको छ । केरलामा कोरोनाका कुल १९५० केसहरू छन् । त्यसपछि गुजरातमा ८२२, दिल्लीमा ६८६, महाराष्ट्रमा ५९५, कर्नाटकमा ३६६, उत्तर प्रदेशमा २१९, तमिलनाडुमा १९४, राजस्थानमा १३२ र हरियाणामा १०२ जना कोरोनाका केसहरू फेला परेका छन् ।
पछिल्लो २४ घण्टामा केरलामा तीन जना कोरोना सङ्क्रमितको मृत्यु भयो भने कर्नाटकमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भयो । यसबाहेक तमिलनाडुमा ४२ वर्षीय पुरुष कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार भारतको सक्रिय कोभिड केसहरू पछिल्लो ४८ घण्टामा ७६९ नयाँ सङ्क्रमणसँगै ६ हजार १३३ सक्रिय कोरना सङ्क्रमित पुगेका छन् ।
FACEBOOK COMMENTS