काठमाडौं । राइड–हेलिङ एप इनड्राइभले काठमाडौंमा आफ्नो आधिकारिक कार्यालय सञ्चालनमा ल्याएको छ ।
इनड्राइभको स्थानीय ड्राइभर पार्टनर्सहरूप्रति समर्पण, सहरभरि राइडहरूको लागि सेवाको गुणस्तर बढाउने र कम्युनिटी इनिसिएसनलाई सशक्त बढाउने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्न कार्यालय सञ्चालनमा ल्याइएको हो ।
नयाँ कार्यालयले ड्राइभर पार्टनर्सलाई सशक्त बनाउने र समग्र इनड्राइभ अनुभव सुधार गर्ने उद्देश्यले विभिन्न सेवाहरूको लागि केन्द्रको रूपमा काम गर्ने इनड्राइभका एपीएसी रिजनल डाइरेक्टर मार्क टोलीले बताए । उनले भने, ‘हामी इनड्राइभमा, काठमाडौँमा हाम्रा ड्राइभर पार्टनर्स र स्थानीय समुदायका लागि अफिस खोल्न पाउँदा अत्यन्तै उत्साहित छौँ । यो नयाँ कार्यालय केवल एउटा कार्यस्थान मात्र होइन, यो एक यस्तो समर्पित समर्थन केन्द्र हो जहाँ हाम्रा ड्राइभर पार्टनर्सले आवश्यक सहयोग, मार्गदर्शन, तालिम तथा आत्मबल प्राप्त गर्न सक्छन् ।’
यस्तै, इनड्राइभ नेपालकी डाइरेक्टर रीता पोखरेलले काठमाडौंस्थित कार्यालयले ड्राइभर कम्युनिटीको सशक्तीकरण, राइडरहरूको अनुभव सुधार र स्थानीय स्तरमा सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्य बोकेको बताइन् । ‘नेपाल हाम्रो लागि एउटा महत्वपूर्ण र प्राथमिक बजार हो । काठमाडौंमा नयाँ कार्यालय स्थापना गर्नु भनेको केवल एक भौतिक संरचना खडा गर्नु मात्र होइन, यो हामीले नेपाली ड्राइभर पार्टनर्ससँग निरन्तर निर्माण गर्दै आएको विश्वास र सहकार्यको प्रतीक पनि हो,’ उनले भनिन् ।
यो कार्यालयमार्फत इनड्राइभले अब ड्राइभर सपोर्ट, सिप विकासका लागि तालिम कार्यक्रमहरू, समुदाय तथा सुरक्षा–केन्द्रित अभियानहरू, साथै स्थानीय आवश्यकता अनुसार अनुकूलित मार्केटिङ र साझेदारी कार्यक्रमहरू सञ्चालन गर्ने बताइएको छ ।
FACEBOOK COMMENTS