काठमाडौं । एअर इण्डियाको जहाज दुर्घटना भएपछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।
विमानस्थलका प्रवक्ताले विज्ञप्ति जारी गर्दै तत्काललाई विमानस्थल बन्द गरिएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘अहमदाबादबाट लण्डनको ग्याटविक जाँदै गरेको एअर इण्डियाको फ्लाइट नम्बर एआई१७१ आज उडेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको छ । यसको परिणामस्वरूप सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल अहिलेका लागि बन्द गरिएको छ । अर्को सूचना नआउन्जेल सबै उडानहरू स्थगित गरिएका छन् ।’
यात्रुहरूलाई विमानस्थल जानुअघि आ–आफ्ना एअरलाइन्सबाट अद्यावधिक जानकारी लिन अनुरोध गरिएको छ ।
‘हामी तपाईंहरूलाई सहयोग र धैर्य बनाइराख्न आग्रह गर्दछौँ । थप जानकारी उपलब्ध हुनासाथ दिनेछौँ ।’

सम्बन्धित समाचारहरू–

दुर्घटनाग्रस्त एअर इण्डियाको जहाजमा यी चार देशका नागरिक थिए सवार
इन्टर्न डाक्टर बस्ने होस्टेलमा ठोक्किएको थियो एअर इण्डियाको जहाज, थुप्रै हताहत भएको आशङ्का