काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको स्थानमा पुगेका छन् ।
बिहीबार भएको दुर्घटनापछि मोदीले शुक्रबार बिहान अहमदावादस्थित सिभिल अस्पताल पुगेर घाइतेहरूलाई भेटेका छन् । त्यस्तै, उनले दुर्घटनास्थलको अनुगमन गरेको भरतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
बिहीबार अहमदाबादमा एअर इण्डियाको यात्रुवाहक विमान दुर्घटनामा २४२ जनामध्ये २४१ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य थिए । दुर्घटनामा भारतीय मूलका एक बेलायती यात्रु बाँच्न सफल भएका छन् । दुर्घटनामा भारतको गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपाणीको पनि मृत्यु भएको छ ।
घटनापछि बिहीबार नै अहमदाबाद पुगेका गृहमन्त्री अमित शाहले विमानमा १.२५ लाख लिटर इन्धनको उपस्थितिका कारण तापक्रम उच्च भएको र कसैलाई बचाउन सम्भव नभएको प्रतिक्रिया दिएका थिए ।
FACEBOOK COMMENTS