काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि कटाक्ष गरेका छन् ।
बजेट अधिवेशनका बेला संसद अवरुद्ध गरेको भन्दै बास्कोटाले बजेटको बेला यस्तो प्रतिपक्ष संसारमा विरलै भेटिन्छन होला भन्दै कटाक्ष गरेका हुन् ।
उनले भनेका छन्, ‘वास्तवमा सरकारले रास्वपालाई धन्यवाद दिनुपर्ने हो । उनीहरूले सरकारलाई आफूले पनि आलोचना नगरिकन र अरूबाट हुन सक्ने मौकासमेत बन्द गरिदिएर हुनसम्म सजिलो बनाइदिए । बजेटको बेला यस्तो प्रतिपक्ष संसारमा विरलै भेटिन्छन् होला । जे होस् देउसी लय मिलेको छ ।’
रास्वपाले भिजिट भिसामार्फत हुने गरेको मानव तस्करीमा आथिर्क लेनदेनको आरोप लागेका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै गत जेठ १३ गतेदेखि संसद अवरोध गर्दै आएको छ ।
FACEBOOK COMMENTS