काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजारमा कारोबार भइरहेको छ ।
यसअघि साेमबार सुनको मूल्य तोलाको एक लाख ९७ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेकाे छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २१६० रुपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS