काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आजको प्रतिनिधि सभामा नीलो रिबन लगाएर विरोध गर्ने भएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधिसभामा विरोध गरिरहेको रास्वपाले आज नीलो रिबन लगाएर विरोध गर्ने भएको कार्यवाहक प्रवक्ता तथा सांसद मनिष झाले जानकारी दिएका छन् ।
‘निलो रिबन’ मानव तस्करीविरूद्धको अभियानका लागि विश्वव्यापी प्रतीक मानिने भन्दै रास्वपाले यस्तो विरोधको शैली अपनाएको झाले बताएका छन् ।
FACEBOOK COMMENTS