काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संघीय निजामति सेवासम्बन्धि विधेयक एमालेले नरोकेको स्पष्ट गरेका छन् ।
शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता भट्टराईले संसदका समितिबाट एकमतले विधेयक अगाडी बढी सकेको अवस्थामा अब यो हामी सबैको सम्पत्ति भएको उल्लेख गर्दै यो विधेयक एमालेले नरोकेको स्पष्ट गरेका हुन् ।
उनले भने ‘प्रधानमन्त्री भनेको संसद्को नेता हो, सभामुख भनेको संसदको व्यवस्थापन गर्ने नेता हो । प्रधानमन्त्री भनेको संसदको विधायिकी नेता हो । विधायिकी नेताले कुनै पनि विधेयकमाथि चासो राख्छ । भोलि जो सुकै प्रधानमन्त्री बनोस् । कुनै गलत नीति बन्यो की, कानुन ठिक बनेको छ की छैन हेर्छ । जब संसदका समितिबाट एक मतले त्यो विधेयक अगाडी बढेको छ भने त्यो हामि सबैको साझा हो । त्यसमा प्रधानमन्त्रीलाई ल्याउनु पर्ने केहि कारण छैन । हाम्रो पार्टी भन्छ, म पार्टीको तर्फबाट भन्छु, छिटो भन्दा छिटो भोली नै, पर्सी नै संघीय निजामती कर्मचारी ऐन संसदमा ल्याउ, यो संसदबाट पास गरौँ । एमाले यसमा पूर्ण प्रतिबद्ध छ ।’
FACEBOOK COMMENTS