काठमाडौं । इरान–इजरायल द्वन्द्वको बीचमा भारतले ‘अपरेशन सिन्धु’ अन्तर्गत अहिलेसम्म एक हजर ११७ भारतीयहरूको उद्धार गरेको छ ।
भारतले इरानको मशहदबाट गएराति २९० भारतीय नागरिकलाई विमानमाफर्त नयाँ दिल्ली ल्याएको हो । त्यसअघि ३१० नागरिकहरूको समूह शनिबार दिउँसो दिल्ली आइपुगेको थियो ।
अर्कोतर्फ, जुन २० मा राति दुई समूहमा ४०७ भारतीयहरू फर्किएका थिए । जुन १९ मा ११० विद्यार्थीहरूलाई आर्मेनिया र दोहा हुँदै भारत ल्याइएको थियो ।
इरानले हवाई क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाएर भारतका लगभग एक हजार नागरिकलाई उद्धार गर्न अनुमति दिएको थियो । तीमध्ये धेरैजसो विद्यार्थीहरू छन्, जसलाई तेहरानबाट मशहद ल्याइएको थियो । त्यसपछि उनीहरूलाई तीनवटा चार्टर उडानहरूमार्फत भारत ल्याइएको थियो । यी उडानहरू इरानी एअरलाइन्स महानद्वारा सञ्चालित थिए ।
यी उडानहरू भारत सरकारले अपरेशन सिन्धुअन्तर्गत व्यवस्थित गरेको विदेश मन्त्रालयले जनाएको छ । इरानस्थित भारतीय दूतावासले आवश्यक परेमा आगामी दिनहरूमा थप उडानहरू सञ्चालन गर्न सकिने बताएको छ । साथै, दूतावासले नेपाल र श्रीलङ्काका नागरिकलाई पनि उद्धारमा सहयोग गर्ने जनाएको छ ।
FACEBOOK COMMENTS