काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि संसद बैठक बहिष्कार गरेका छन् ।
मङ्गलबार प्रतिनिधिसभाको बैकमा गृहमन्त्री रमेश लेखकले सरकारले गठन गरेको भिजिट भिसा छानबिनसम्बन्धी उच्चस्तरीय आयोगबारे जानकारी दिएपछि रास्वपा र राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेका हुन् ।
बहिष्कार गर्नुअघि रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पकेटबाट नाम निकालेर गठन गरिएको समिति आफूहरूलाई अस्वीकार हुने बताउँदै संसदीय समिति वा बहालवाला या पूर्व न्यायाधीशको नेतृत्वमा समिति गठन हुनुपर्ने माग राखेका थिए ।
त्यस्तै, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यो समिति आफूहरूलाई मान्य नहुने भन्दै बैठक बहिष्कारलाई निरन्तरता दिने बाताएका थिए ।