काठमाडौं । काठमाडौंको टोखा-६ ग्राण्डी अस्पाताल नजिक गएराती विष्णुमति खोलाले बगाएको कारमा रहेकी महिलाको उद्धार गरिएको छ ।
प्रहरीका अनुसार गएराति करिब सवा १० बजेतिर बाप्र ०१–०३१ च ६१४१ नम्बरको प्राइभेट कार खोलामा खसेको थियो ।
गाडी खोलामा खसेपछि चालक किनारामा हाम फालेका थिए भने गाडीभित्र रहेकी महिला भने गाडीभित्रै बगेर बानियाँटार पुलमा पुगेकी थिइन् ।
खोलामा खसेर बगिरहेको गाडी भित्र रहेकी महिलाको स्थानीयको सहयोगमा प्रहरीद्वारा सकुशल उद्धार गरेर अस्पताल पुर्याइएको हाे ।
FACEBOOK COMMENTS