काठमाडौं । इरानबाट थप तीन नेपालीको उद्धार भएको छ ।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार इरानको मसादबाट तीन जना नेपाली बिहीबार बिहान दिल्ली आइपुगेका हुन् । उनीहरूलाई दूतावासका अधिकारीहरू र भारतको विदेश मन्त्रालयका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए ।
उनीहरू आजै नेपालको बुटवल प्रस्थान गर्ने दूतावासले जानकारी दिएको छ ।
यसअघि भारत सरकारले इरानबाट दुई पटकमा ६ नेपालीको उद्धार गरेको थियो । इरानमा रहेका ११ जना नेपालीले उद्धारको अनुरोध गरे पनि अहिलेसम्म ९ नेपाली फर्किएका छन् ।
FACEBOOK COMMENTS