काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले पूर्वमन्त्री र पूर्वविशिष्ट व्यक्तिहरूलाई दिइएका सुरक्षाकर्मीहरू फिर्ता लिन माग गरेका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ज्वालाले पूर्वमन्त्री र पूर्वविशिष्ट व्यक्तिहरूलाई सुरक्षाकर्मी दिइएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै यसको विवरण सार्वजनिक गर्न माग गरेका हुन् ।
सांसद ज्वालाले आफूसँगै मन्त्री भएकाले अहिले पनि सुरक्षाकर्मी राखेको आफूले देखेको उल्लेख गर्दै यसको विवरण सार्वजनिक गरेर सबै सुरक्षाकर्मी फिर्ता लिन माग गरेका हुन् ।
FACEBOOK COMMENTS