काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज असार १५ मा मनाइने धान दिवसको अवसरमा शुभकामना दिँदै कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना, यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्–
माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना– यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो । आज देशबाहिर भए पनि बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ । तर, अब हामीले रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानुपर्छ । त्यसका लागि सरकारले कृषि आधुनिकीकरणको कार्यक्रम ल्याएको छ ।
कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाऔँ, असार १५, दहीचिउरा खाने दिन तथा धान दिवसको सबैलाई शुभकामना !
FACEBOOK COMMENTS