काठमाडौं । नेपालको अग्रणी प्रविधि ब्रान्ड सामसङले आफ्नो सबैभन्दा किफायती टु वायरलेस इयरफोन, ‘ग्यालेक्सी बड्स कोर’ नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।
कम्पनीका अनुसार जुलाई १ देखि उपलब्ध हुनेछन् ।
यी बड्सहरू दैनिक उपयोगका लागि डिजाइन गरिएका छन् । जसले प्रिमियम फिचरहरू जस्तै उत्कृष्ट साउन्ड र एक्टिभ न्वाइज क्यान्सिलेसन दिन्छ ।
ग्यालेक्सी एआईको इन्टरप्रिटर मात्र ७ हजार ३९९ रुपैयाँको किफायती मूल्यमा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
कालो र सेतो रंगमा उपलब्ध ‘ग्यालेक्सी बड्स कोर’ नेपालभर सामसङका आधिकारिक बिक्रेताहरू बाट बिक्री हुनेछ ।
‘ग्यालेक्सी बड्स कोर’ ले डायनामिक ड्राइभरहरूको प्रयोग गरी डीप इमर्सिभ साउन्ड तथा शक्तिशाली बास प्रदान गर्दछ ।
एएनसी र कल न्वाइज रिडक्सनको साथमा, प्रयोगकर्ताहरूले धेरै हल्ला भएको ठाउँमा पनि स्पष्ट सँग कुरा गर्न सक्छन् । तीनवटा माइक प्रणालीले उत्कृष्ट भोकल स्पष्टता सुनिश्चित गर्छ, जसले यी इयरबड्सलाई फोन कल, संगीत वा मिटिङका लागि एक्दम उपयुक्त बनाउँछ ।
प्रत्येक इयरबडमा सुरक्षित र सहज विङटिप्स छन् । जसले कठिन गतिविधिहरूको क्रममा पनि आरामदायी महसुस गराउँछ ।
यसको प्रमुख फिचरहरू मध्ये एक हो । ग्यालेक्सी एआई इन्टरप्रिटर, जसले आमने सामने कुराकानीको क्रममा दुईतर्फी रियल–टाइम अनुवाद प्रदान गर्छ । आफ्नै भाषामा बोलेर इयरबड्सले त्यसलाई तुरुन्तै अनुवादित उत्तर प्रदान गर्नेछ ।
कम्पनीका अनुसार संगीत, कल र भ्वाइस असिस्टेन्टका लागि टच कन्ट्रोल, उपकरणहरूबीच सजिलै स्विच गर्नको लागि अटो स्विच र मल्टि–डिभाइस कनेक्टिभिटी, सामसङ फाइन्ड एप मार्फत फाइन्ड माई इयरबड्स, आईपी ५४ रेटिंगका साथ पानी र धुलो प्रतिरोधी, स्थिर र छिटो कनेक्टिभिटीको लागि ब्लुटुथ ५।४, चार्जिङ केससहित ३५ घण्टासम्मको ब्याट्री लाईफ ९एएनसीको साथमा २० घण्टा० जस्ता विशेषता रहेका छन् ।
‘ग्यालेक्सी बड्स कोर’ ले दैनिक उपयोगिता र नवीनताको मिश्रण गर्दै उच्चतम् विशेषताहरूलाई किफायती मूल्यमा उपलब्ध गराउँछ ।
FACEBOOK COMMENTS