काठमाडौं । चर्चित गायिका एलिना चौहानले आफूविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज र अभद्र टिप्पणी गर्नेहरूमाथि कडा चेतावनी दिएकी छन् ।
यस्ता व्यवहारविरुद्ध उनले कानुनी प्रतिकारको अभियान नै सञ्चालन गरिरहेको बताउँदै विदेशमा बसेर वा नक्कली परिचय प्रयोग गरेर उन्मुक्ति पाउने सोच नपाल्न आग्रह गरेकी छन् ।
एलिनाले सामाजिक सञ्जालमार्फत स्पस्ट पार्दै लेखेकी छन् —
“विदेशमा बसेको नाममा कानुनले केही गर्न सक्दैन भन्ने सोच, र ‘फेक आइडी चलाएको छु, मेरो नाम नै छैन, कसले पो थाहा पाउँछ र’ भन्ने भ्रम — धेरै भयो अब। न त नक्कली परिचयले जोगाउँछ, न विदेशको दूरीले कानुनबाट टाढा राख्छ। मौनता कमजोरी होइन। सीमाना पार गरेर खेल गर्नेहरूलाई समय आफैंले सिकाउनेछ, जे छ, स्पष्ट छ।”
उनले मौनता कमजोरी नभई संयम भएको भन्दै यस्ता दुरुपयोग रोक्न कानुनी बाटो नै अपनाउने दृढता व्यक्त गरेकी छन्।
FACEBOOK COMMENTS