काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले हुम्लाको सर्केगाड गाँउपालिका–३, उनापानीका आगलागीपीडितलाई राहत सामाग्री वितरण गरेको छ ।
असार १ गते भएको आगलागीबाट पीडित आठ घरपरिवारलाई राहत सामग्री सहयोग गरिएको बैंकले जनाएको छ ।
बैंकले चामल, दाल, आलु, तेल, कुकर, डाडु तथा पिठोलगायत सामग्री वितरण गरेको हो ।
राहत वितरण कार्यक्रममा बैंकका प्रदेश सर्केगाड शाखाका प्रमुखलगायत अन्य कर्मचारीहरू तथा टोलका समाजसेवी बुद्धिजीवीहरूको उपस्थिति थियो ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि देशका विभिन्न स्थानहरूमा स्वस्थ शिविर सञ्चालन, समुदायिक विद्यालय एवम् मठमन्दिरहरूमा सहयोग गरेको थियो ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ ।
साथै, मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा, अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस–बैंक टेलर सुविधा पनि ल्याएको छ ।
FACEBOOK COMMENTS