काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै छ ।
राष्ट्र बैंकले आज ५९औं मौद्रिक नीति ल्याउन लागेको हो । यस प्रयोजनका लागि हिजो बिहीबार साँझ नै मौद्रिक नीतिको प्रस्ताव सञ्चालक समितिको बैठकमा पेस गरिएको थियो ।
हालका गभर्नर डा. विश्वनाथ पौडेलको यो पहिलो मौद्रिक नीति हो ।
FACEBOOK COMMENTS