काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ आज हुने भएको छ ।
मंगलबार मन्त्री नियुक्त भएकी न्यौपानेको आज दिउँसो राष्ट्रपति कार्यालयमा शपथ हुने भएको हो ।
निवर्तमान मन्त्री राजकुमार गुप्ताले घुस प्रकरणको अडियो बाहिरिएपछि राजीनामा दिएका थिए ।
राष्ट्रियसभाकी सांसद रहेकी तनहुँकी न्यौपाने पहिलो पटक मन्त्री बनेकी छन् । उनले आजै पदभार ग्रहण गर्ने जनाईएको छ । राष्ट्रियसभा सांसदको रुपमा न्यौपानेको कार्यकाल आगामी फागुनसम्ममात्रै रहेको छ ।
FACEBOOK COMMENTS