काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको एक वर्षमा पुँजी बजार रातोबाट हरियो भएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले २०८१ को असारमा शेयर बजार नेप्से २१०० को वरिपरि रहेकोमा २०८२ को असार सकिँदा २८ सय पुगेको उल्लेख गरेका छन् ।
नेपाल राष्ट्र बैंकमा आएका नयाँ गभर्नर डा. विश्व पौडेलको नरम नीतिका कारण मौद्रिक नीति जारी भएपछि नै नेप्से सय अंक भन्दा बढीले बढेको छ ।
FACEBOOK COMMENTS