काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट भएकोबारे केन्द्रीय कमिटीको बैठकमा ब्रिफिङ गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आइतबार पूर्वराष्ट्रपति भण्डारीसँग भएको भेटवार्ताबारे जानकारी गराएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
बैठकमा ओलीले राष्ट्रपतिजस्तो उच्च पद र सेनाको परमाधिपति भइसकेर फेरि राजनीतिमा आउनुले राम्रो सन्देश नजाने आफूले स्पष्ट गरेको बताएका छन् । साथै ओलीले पूर्वराष्ट्रपतिकै रुपमा सम्मानित रुपमा बस्न ठिक हुने सुझावसमेत दिएको बैठकमा जानकारी गराएका छन् ।
विद्या भण्डारीले आफ्नो सुझावमा विचार गर्ने जवाफ दिएको भनाइ ओलीको छ ।
साथै बैठकमा ओलीले भण्डारीसँग कुनै विवाद नरहेको बताउदै अब भण्डारीको सदस्यताबारे यही बैठकले निर्णय गरोस् भनेका थिए । सो भेटमा भण्डारीले आफ्नो सदस्यताको विषयबारे ओलीसँग जवाफ मागेको बताइएको छ ।
जवाफमा ओलीले अहिले सदस्यताको विषय भन्दा पनि पुर्वराष्ट्रपति राजनीतिमा आउन हुन्छ या हुँदैन भन्ने प्रश्न रहेको जवाफ दिएका थिए ।
यसअघि आइतबार अध्यक्ष ओलीसँग भेट गरेपछि भण्डारीले आफ्नो सदस्यता धेरै पहिला नवीकरण भएको बताएकी थिइन् ।
आजदेखि सुरू भएको एमालेको केन्द्रीय कमिटी बैठक भोलीसम्म चल्ने बताइएको छ । बैठकले यसअघि सचिवालय र पोलिटब्युरो बैठकले अनुमोदन गरेको उपाध्यक्ष विष्णु पौडेलले प्रस्स्तुत गरेको विधान संशोधनसम्बन्धी प्रस्ताव, महासचिव शंकर पोखरेलले पेश गरेको पार्टीको सङ्गठनात्मक प्रस्तावमाथि छलफल हुने र अनुमोदन गर्ने छ ।
एमालेले प्रस्तावित विधानमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ भने पार्टीमा स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना हुने र केन्द्रीय कमिटी २५१ सदस्यीय हुने प्रस्ताव गरिएको छ ।
एमाले केन्द्रीय कमिटी बैठक : पत्रकारलाई छुट्टै आसनको व्यवस्था !
FACEBOOK COMMENTS