काठमाडौं । मेटलाइफ नेपालले जीवन बीमा र क्रिकेट जस्ता दुई शक्तिशाली क्षेत्रलाई एकताबद्ध गर्दै राष्ट्रिय पुरुष र महिला क्रिकेट टोलीका कप्तानहरू रोहित पौडेल र इन्दु बर्मासँग सहकार्य गरेको छ ।
बीमालाई सुरक्षा र वित्तीय योजना बनाउने उपकरणका रूपमा प्रवर्द्धन गर्नु यो सहकार्यको उद्देश्य रहेको कम्पनीले बताएको छ ।
नेपालमा पहिलो पटक, दुवै टिमका कप्तानहरू जो साहस, आशा र राष्ट्रिय गौरवका प्रतीक हुन् अब भविष्य सुरक्षित गर्ने महत्त्वपूर्ण सन्देश फैलाउने अभियानमा अगाडि छन् ।
यो अनौठो साझेदारी साझा मूल्य, सहनशीलता, तयारी र भविष्यप्रति चिन्ताको कथाको रूपमा प्रस्तुत गरिएको छ ।
मेटलाइफले राष्ट्रिय क्रिकेट टोलीहरूलाई बीमा कभरेजमार्फत प्रायोजन पनि गरेको छ र राष्ट्रलाई प्रेरणा दिने व्यक्तिहरूको सुरक्षा गर्न प्रतिबद्ध रहेको बताइएको छ ।
‘हाम्रा राष्ट्रिय टोलीका कप्तानहरू हरेकपटक मैदानमा उत्रिंदा सँगै सम्पूर्ण राष्ट्रको आशा बोकिरहेका हुन्छन्, र त्यसैले जिम्मेवारी र सुरक्षाको महत्त्व बुझाउन उनीहरूभन्दा उपयुक्त व्यक्ति को हुन सक्छन रु सम्पूर्ण नेपालीहरुको परिवार र भविष्यको सुरक्षा सम्बन्धी हाम्रो सन्देश रोहित र इन्दुको माध्यमबाट फैलाउन पाउँदा हामी उत्साहित छौं,’ मेटलाइफ नेपालका मार्केटिङ तथा कम्युनिकेसन प्रमुख अंकित राजभण्डारीले भने ।
FACEBOOK COMMENTS