काठमाडौं । उड्न लागेको विमानमा अचानक आगो लागेपछि यात्रुहरूको भागाभाग भएको छ ।
अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न लागेको बोइङ ७३७ म्याक्स ८ विमानमा अकस्मात आगो लागेपछि विमानमा रहेका यात्रुहरूको भागाभाग भएको हो ।
अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमानको पछाडिको भागमा आगो लागेको हो । मियामीका लागि उड्न ठिक्क परेको उक्त विमानको ल्यान्डिङ गियरमा समस्या भएर आगो सल्किएको बताइएको छ ।
बीबीसीका अनुसार विमानमा १७३ यात्रु र ६ जना चालक दलका सदस्य थिए । सबैलाई आपतकालीन स्लाइडमार्फत बाहिर निकालिएको थियो ।
घटनामा ६ जना यात्रुलाई सामान्य चोटपटक लागेको र एक जनालाई अस्पताल भर्ना गर्नुपरेको थियो ।
भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्
FACEBOOK COMMENTS