काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकले अब कपाल काट्दा पनि छुट पाउने भएका छन् ।
उक्त छुट सुविधाका लागि बैंकले लिजाश्री इन्टरप्राइजेजसँग सहकार्य गर्ने भएको छ । सो सहकार्यबमोजिम बैंकका ग्राहकहरूले अब हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा सेवा लिँदा विशेष छुट पाउने भएका हुन् ।
बैंक र लिजाश्री इन्टरप्राइजेजबी भएको सम्झौतापछि बैंकका ग्राहक महानुभावहरुले देशका विभिन्न ठाउँमा रहेका हेयर एण्ड शान्ति युनिसेक्स सैलुनका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकद्वमरम जारी विज्ञप्तिमा उल्लेख छ ।
‘ग्राहक महानुभावहरुले नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरस्थित आईप्लेक्स मल, ठमेलस्थित छायाँ सेन्टर, जावलाखेलस्थित मिनिसो बिल्डिङ्ग, कमलादीस्थित सिद्धार्थ कम्प्लेक्स, सामाखुसीस्थित सिटी स्वायर सेन्टर, महाराजगन्जस्थित भाटभटेनी सुपरमार्केट, हेटौंडास्थित भाटभटेनी सुपरमार्केट र गणेश बिल्डिङ्ग, नारायणघाटस्थित जोशी भवन र वीरगन्जस्थित रुङ्टा मलमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाहरुबाट उक्त छुट सुविधा उपभोग गर्न सक्नुहुनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।
उक्त छुट सुविधाको उपभोग गर्न ग्राहकहरूले एनआइसी एसिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
लिजाश्री इन्टरप्राइजेजसँगको यस सहकार्यले ग्राहकहरुलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको जनाएको छ ।
FACEBOOK COMMENTS